(नियम ६ को खण्ड (१) सँग सम्बन्धित)
८१. चलचित्र घरको पर्दा देहाय बमोजिम हुनुपर्नेछ :- (क) सेल्युलाइड वा डिजिटल प्रविधि अन्तर्गतको सिनेमास्कोप भए– १:२.३५ अनुपातको आकारमा,
(ख) सेल्युलाइड वा डिजिटल प्रविधि अन्तर्गतको ३५ एम.एम. भए – १:१.८५ को अनुपातको आकारमा,
(ग) भिडियो प्रविधिको भए कम्तीमा २५० इञ्च चौकुनाको आकारमा,
२. प्रत्येक सय सिटको लागि महिला र पुरुषको लागि छुट्टाछुट्टै एउटा दिसाखण्ड र चारवटा पिसाबखण्ड सहितको शौचालय,
३. चलचित्र घरको बाल्कोनी र डे«ससर्कलमा दर्शक बस्नका लागि कम्तीमा ४० से.मी. चौडाइ भएको कुर्सीको व्यवस्था र अन्य श्रेणीमा सो अनुसार कुर्सी वा बेञ्चको व्यवस्था,
४. सडक यातायात पुगेका स्थानमा प्रत्येक सय व्यक्तिको लागि १० वर्गमिटरका हिसाबले मोटर, मोटरसाइकल र साइकल पार्क गर्ने अलग–अलग स्थान,
५. प्रत्येक लहरको कुर्सीको पछाडिको विन्दुदेखि अर्को कुर्सीको पछाडि ७५ से.मी. विन्दुसम्मको चौडाइ, तर पछाडिपट्टि गारो भएमा पछाडिको सिटको अगाडिको विन्दुदेखि गारोसम्मको दूरी न्यूनतम ९४ से.मी. र अगाडिपट्टि गारो वा रेलिंग भएमा अगाडिको सिटको पछाडिको विन्दुदेखि गारो वा रेलिंगसम्म न्यूनतम ८४ से.मी. दूरी,
६. प्रत्येक लहरमा कम्तीमा दशवटा सिटपछि कम्तीमा चार फिटको आवागमन स्थान,
७. दर्शक र प्रदर्शन पर्दा बीच कम्तीमा ५ मिटर दूरी, मिति २०६५ माघ १० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।
८. प्रत्येक एकसय दर्शकको लागि कम्तीमा १०७ से.मी.को एउटा प्रवेशद्वार र प्रत्येक दुईसय दर्शकको लागि कम्तीमा १२० से.मी.को एउटा आकस्मिक द्वार,
९. बाल्कोनी, ड्रेससर्कल र अन्य श्रेणीको लागि छुट्टाछुट्टै र सुविधायुक्त टिकट बिक्रीको व्यवस्था,
१०. ढल निकासको राम्रो व्यवस्था,
११. प्रत्येक सय सिटका लागि चारवटा अग्नी नियन्त्रण साधन,
१२. ध्वनी राम्रोसँग सुन्न सकिने प्रदर्शन कक्ष,
१३. छुट्टै चमेना गृहको व्यवस्था,
१४. कम्तीमा पच्चीस प्रतिशत दर्शकहरू अटाउने छुट्टै प्रतिक्षालय,
१५. प्राथमिक चिकित्सा व्यवस्था,
१६. चलचित्र घरले ओगटेको क्षेत्र बाहेक पर्याप्त खाली ठाउँ,
१७. वातानुकूलित व्यवस्था वा हावा तातो वा चिसो राख्ने व्यवस्था वा सो नभएमा तराई वा वेसी क्षेत्र भए प्रत्येक सय दर्शकको लागि चारवटा सिलिंग वा ६ वटा भित्तेपंखा वा पहाडी वा हिमाली क्षेत्र भए भौगोलिक अवस्था अनुसार आवश्यक मात्रामा पंखा,
१८. दर्शक बस्ने स्थानदेखि सिलिंगसम्मको उचाइ तराई र बेसी क्षेत्र भए बालकोनी भएको स्थानमा कम्तीमा १२ फिट र बालकोनी नभएको स्थानमा २० फिट तथा उच्च पहाडी एवं हिमाली क्षेत्रमा भए बालकोनी भएको स्थानमा कम्तीमा १० फिट र बालकोनी नभएको स्थानमा १२
फिट, ३तर पूर्ण वातानुकुलित भएको चलचित्र घरमा पछिल्लो लहरको दर्शक बस्ने स्थानदेखि सिलिङ्गसम्मको उचाइ छ फिट ।
१९. सडक यातायात पुगेका स्थानमा चलचित्र घरसम्म पुग्न कम्तीमा १६ फिटको सडक ।
२०.चलचित्र घर बाहेक अन्यत्र चलचित्र प्रदर्शन गर्दा देहाय बमोजिमका न्यूनतम व्यवस्थाहरू पूरा गरेको हुनु पर्नेछ :–
(क) चलचित्रको प्रविधि अनुकूलको पर्दा,
(ख) चलचित्रको प्रविधि अनुकूल हुने गरी सुविधाजनक सिटको व्यवस्था,
(ग) चलचित्रको प्रविधि अनुकूल हुने गरी दर्शक र प्रदर्शन पर्दाबीच मनासिब दूरी,
(घ) दर्शक बस्ने स्थानको भुइँ सतह र सिलिङ्ग बीच पर्याप्त दूरी,
(ङ) क्रमसङ्ख्या २, ४, ६, ८, ९, १०, ११, १२, १३, १४, १५, १७ र १९ मा उल्लिखित व्यवस्थाहरू,
(च) चलचित्र घर जाँच समितिले चलचित्रको प्रविधि अनुकूल हुने गरी उपयुक्त देखेका अन्यव्यवस्था ।